• २६ पुष २०८१, शुक्रबार

५७ लाख मानिस आर्थिक संकटमा, कारण यस्तो !

१५ पुष , नुवाकोट । श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको आवस्यक परेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले श्रीलङ्काकाका करिब ५७ लाख नागरिकले महिनायता जटिल आर्थिक समस्याको सामना गरिरहेको बताएको छ ।

कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव भएको छ ।

जसका कारण त्यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको हो । आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मल बीऊको अभावमा स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसक्नाले पनि स्वदेशी खाद्यान्नबा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको अनुमान गरिएको छ् ।





प्रतिक्रिया दिनुहोस्