• २ फाल्गुन २०८१, शुक्रबार

५ महिना हुँदा सम्म पनि त्रिशुली थ्री बि को काम सुचारुमा आएन

१५ पुस, नुवाकोट । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको काम विगत ५ महिनादेखि बन्द रहेको छ । देशको मुख्य ठाउँमा विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि महत्वपूर्ण मानिएको भएता पनि आयोजनाको निर्माण भने संचालन हुन सकेको छैन ।

गत साता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनाको स्थलगत अनुगमनमा गर्दै उनले उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेसँगै थप जानकारी लिएका छ्न
काम छोटो सम्पन्न हुनुपर्न मा अहिले करिब ६६ प्रतिशत निर्माण सम्पन्न भएको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी ) मोडेलमा आयोजना निर्माणका चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले आफ्नो व्यवस्थापन परिवर्तन भएको कारण देखाउँदै काम रोकेको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा सञ्चालन गर्नुपर्ने बताएको छ ।

आयोजनास्थल पुग्नासाथ कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख आनन्द ढुङ्गेललाई ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाउन निर्देशन दिएका थिए । आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले बैठक राखेर आयोजनाको समस्याबारे प्रश्न राखे ।

ठेकदार कम्पनीका प्रतिनिधिले निर्माणमा आलटाल गरिरहने संकेत गरेपछि घिसिङ आक्रोशित भए । ठेकेदारलाई काम सुरु गर्न अझ केही महिना लाग्ने बताएपछि घिसिङले नसके काम छोडेर जानसक्ने बताए ।आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र सुचारु भएकोमा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखिएको भएता पनि अहिले भने करिब ६६ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

ईपीसी मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर रहेको यश जलविद्युत आयोजनामा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्‍याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने भए पनि ।
योजना अनुसार काम नै नभएपछि घिसिङले आयोजनास्थलको अनुगमन भ्रमण गरी निर्माणका क्रममा आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदारहरुसाग छलफल गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्