१६,पुस, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा अबस्थित घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन्।
घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर स्याङ्ताङले बताएका छ्न ।
विद्यालयको समन्वय तथा विद्यार्थीको स्वःस्फूर्तरुपमा वैज्ञानिक आविष्कार हुँदै आएकाले विद्यालयमार्फत संस्थागत व्यवस्थापन गर्न केन्द्र स्थापना भएको स्याङ्ताङ ले बताए ।
उनले भने “वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा सक्रिय विद्यार्थीलाई प्रोत्साहन गर्न केन्द्र निर्माण गरिएको हो।”
जिल्लामा गएको साता भएको माध्यमिक तह जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त विद्यालय तेस्रो भएको थियो। बाढी आउँदा र भूकम्प जाँदा पूर्वजानकारी दिने उपकरण बनाएर तेस्रो भएका विद्यार्थीले स्थानीय स्रोत र साधनको उपभोग, स्थानीय क्षेत्रको लागि आवश्यक थप एक दर्जन उपकरण आविष्कार गरिरहेकाले पालिकाको तर्फबाट पनि आवश्यक सर सामान तथा अन्य सहयोग गर्न गाँउपालिका अध्यक्ष शङ्कर थापाले बताएका छ्न ।