• ४ चैत्र २०८१, मंगलवार

म्यारियट क्यासिनोले महानगरलाई बुझायो १९ लाख कर

काठमाडौं : काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेसँगै म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ। क्यासिनोले जरिबाना बाहेकको रकम तिरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर  १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनोले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

महानगरले १९ भदौमा काठमाडौं महानगरपालिकाले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरूलाई निर्देशन दिएको थियो। म्यारियटबाहेक अन्य होटलहरुले  कर तिरेका छैनन्। 





प्रतिक्रिया दिनुहोस्