१६,पुस, विदुर । गृहमन्त्री एवं उपप्रधानमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताएका छ्न ।
गृहमन्त्री बनेपछि पहिलो पटक प्रहरी प्रधान कार्यालय पुगेर “सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ बताएका छ्न । उनले अब हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकता हुने र राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने समेत जानकारी दिएका छ्न ।
उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्नुका साथै ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा नसुनी आवश्यक कामकारबाहीमा लाग्ने बताएका छ्न ।
साथै लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई प्रहरीमा सरुवा बढुवाका लागि आवश्यक मापदण्ड बनाउने र त्यसलाई अक्षरांश पालना गर्नुपर्ने समेत बताएका छ्न ।