
१७ पुस, नुवाकोट । वागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल सर्वसम्मत चयन भएका छन् ।
ऊनी धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२)बाट वागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।
माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो ।
काठमाडौंमा शनिबार सम्पन्न भएको संसदीय दलको बैठकले जम्कट्टेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको माओवादीका वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंले बताएका छ्न ।
वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए । उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए । आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जम्कट्टेललाई संसदीय दलको नेता बनाउने प्रस्ताव लाई सर्वसम्मत पारित भएको हो ।