• २९ माघ २०८१, मंगलवार

आज देशभर को मौसम यस्तो छ

हाल देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/ लागेको छ ।

महाशाखाका अनुसार आज आइतबार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ बताएको छ ।
यसैगरी आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच हिजो शनिबार काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेकोे थियो भने आज बढेर ५.७ डिग्री सेल्सियस रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिएका छ्न

त्यस्तै देशको हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको समेत बताएको छ । यस्तै आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन महाशाखाले आग्रह समेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्