• २ फाल्गुन २०८१, शुक्रबार

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

१७, पुस नुवाकोट । चिनियाँ सहयोगमा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड ‘ ले गरेका छ्न । साथै उद्घाटन पश्चात् नै विमानस्थल सञ्चालनमा आएको हो ।

आज आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गर्दै उद्घाटन भएको थियो । पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रम मा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको समेत बताएका छ्न साथै उनले जोडे अहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने जानकारी दिएका छ्न ।

विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने उहाँको भनाइ छ। सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो। यस अघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको र समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्