१८,पुस, विदुर । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
आज बिहान करिब पौने ३ बजे चिमल सडकखण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भइ बिजुलीको पोलमा ठिक्किको थियो ।
उक्त स्कुटरमा सवार चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपति डंगोलको गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका डंगोललाई उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त बालाजुले बताएको छ।