• ९ माघ २०८१, बुधबार

माओवादीको भागमा वाग्मती र कर्णालीको मुख्यमन्त्री

१८,पुस, नुवाकोट । नेकपा माओवादी केन्द्रले बागमती र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने भएको छ।
सत्ता गठबन्धनबीच माओवादीले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको थियो साथै
माओवादीले सुदूरपश्चिम र लुम्बिनीमा पनि नेतृत्व गर्न बताएको छ ।

तर माओवादी केन्द्र का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि बागमती र कर्णाली मात्र लिने सहमति गरेका थिए ।

त्यस्तै प्रदेश–१, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमालेले पाउने सहमति भएको हो । मधेस प्रदेशको नेतृत्वमा सत्ता गठबन्धनकै जसपा र सिके राउत नेतृत्वको जनमत पार्टीको दाबी छ भने ती दुईमध्ये एक दलले मधेस सरकारको नेतृत्व गर्ने करिब लगभग टुंगो भने लागेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा जनमत पार्टीले पनि दाबी गरेसँगै यता जनमत पार्टीको समर्थनबिना सत्ता गठबन्धनसँग सरकार गठनका लागि बहुमत पुग्ने सिट संख्या छैन भने छैन ।

जमकट्टेल दिनअघि मात्र संसदीय दल नेतामा चयन भएका हालका आर्थिक मामिला तथा योजनामन्त्री शालीकराम जमकट्टेल ले बाग्मती प्रदेश मा दावी गरेका छ्न त्यस्तै यता पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पनि दाबी गरेका छ्न ।





प्रतिक्रिया दिनुहोस्