१९,पुस,विदुर । केही दिन अगाडी मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।
विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने नियम लागू गर्न दाहालले निर्देशन दिएका थिए ।
तर विमानस्थलले भने भन्सारमा लाग्ने शुल्क तिर्न पर्न अथवा प्रधानमन्त्री को निर्देशन कार्यान्वयन नभएको पाइएको छ । सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गर्यो ।
नेम्वाङले आफूले चलाइरहने पुरानो मोबाइल छँदै थियो, र अर्को एउटा नयाँ मोबाइल पनि ल्याएको थिएँ तर उक्त फोन ल्याउन पाइदैन भन्दै विमानस्थलमा अवतरणपछि चेकिङका क्रममा मैले ल्याएको नयाँ मोबाइल भन्सारका कर्मचारीले जफत गरेको बताएका छ्न
उनका अनुसार कर्मचारीहरुलाई प्रधानमन्त्री दाहालको शुक्रबारको निर्देशनबारे आफूले जानकारी गराए पनि नमानेको उनको भनाइ छ ।
उनले भने ‘प्रधानमन्त्रीले नै दुईटा मोबाइलसम्म ल्याउनेलाई जफत नगर्नु भन्ने सुनेर ल्याएको थिएँ, तर भन्सारका कर्मचारीले हामीले नियम मान्नुपर्छ, भनेर उल्टै मेरो मोबाइल दिन नसक्ने भन्दै जफत गरी चिट काटिदिनुभयो ।’ तोकिएको भन्सार शुल्क तिर्नुस्, अनि तपाईको मोबाइल लैजानुस् भनेर भन्सारका कर्मचारीले कागजको टुक्रा थमाएको उनको दुखेको छ
साथै उनले भने मैले आफूले नै प्रयोग गर्नका लागि थप एउटा मोबाइल मात्रै ल्याएको हो । यहाँ भन्दा सस्तो पर्छ भनेर ल्याएको थिए तर यहाँभन्दा झन महगो पर्न जाने भो अब मजस्तै विदेशबाट आउँदा मोबाइल ल्याउनेले अब प्रधानमन्त्रीको कुरालाई कसरी विश्वास गर्नु ?’ भनेर उनले बताएका छ्न ।