१९ पुस, विदुर । नुवाकोटको मदानपुर घर
भई हाल काठमाडौं निवासी ७५ वर्षिय ईश्वर सिलवालले विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।
आफ्ना सन्तानहरु र आफ्नो सामाजिक सुरक्षा भत्ता लाई अन्य काममा खर्च गर्नु भन्दा पुन्यको काममा खर्च गर्न मन लागेकोले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको उनले बताएका छन ।
यसअधि पनि पन्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको गुरुकुल र लिखु गाउँपालिका वडा नम्बर ६ को विभिन्न स्थानमा खाद्यान्न वितरण गरेका सिल्वाल ले आफ्नै व्यक्तिगत खर्चमा लिखु गाउँपालिका वडा नम्बर ५ स्थित कालिकादेवी आधारभुत विद्यालयका ५७ जना बालबालिकाहरुलाइ जुत्ता मोजा लगाएत न्यानो कपडा बाँडेका हुन ।
साथै लिखु गाउँपालिका वडा नम्बर ४ मा पनि घर घरै गएर उनले अशक्त तथा आर्थिक अवस्था कमजोर भएका ११ परिवारलाई न्यानो कपडा वितरण गरेका थिए ।