• ६ चैत्र २०८१, बिहीबार

निर्माण व्यवसायीले विदुर खानेपानीको काम समयमै पुरा नगरे कारवाही गरिने

२० पुस,विदुर । विदुर खानेपानीको लागी विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ स्थलगत निरीक्षणमा उत्रेका छन् ।

हिजो मंगल्बार विदुर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको आयोजनामा नगर प्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, वडा अध्यक्षहरु, जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, प्रहरी प्रमुख रमेश पण्डित, विदुर नगरपालिकाका निवर्तमान प्रमुख सञ्जु पण्डित, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, राजनैतिक दल, उपभोक्ता मञ्च, नागरिक समाजलगायतको जम्बो टोलीले विदुर खानेपानीको सिञ्चित बाराही ट्यांकीदेखि फलाखु खोला क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट आयोजित उक्त निरीक्षण तथा सर्वेक्षण मा फलाखु खोलाको मुहानमा शेरवाल र चेक ड्याम बनाई संरक्षण गर्नुपर्ने देखिएको छ । साथै उक्त समस्या लाई समाधान तथा ब्यबस्थापन गर्न लाग्ने मेयर श्रेष्ठले बताएका छ्न ।

त्यस्तै बेत्रावतीको पहिरोमा मुख्य लाईन पाईप को अवस्था निकै नै जोखिम मा रहेकोले उक्त कार्यको लागी त्रिशुली खोला नजिक संरक्षणको निमित्त आवश्यक कार्य अगाडी बढाउन सम्बन्धित निकायहरुमा पहल गर्नुपर्ने जम्बो टोलिको निष्कर्ष रहेकोे छ ।

निर्माण व्यवसायी सिको कालिका तुन्दी जेभीले बाँकी कार्य सम्पन्न गर्नुपर्नेमा विदुर नगरपालिका वडा नम्बर ९ मा करिब एकहजार घरधुरीमा खानेपानी सञ्चालन नभएकाले छिटोभन्दा छिटो खानेपानी सञ्चालित गराउन सम्बन्धित निकायमा जानकारी गराउने अन्यथा आवश्यक कारवाही अगाडी बढाउन माग गरिएको छ ।

वैकल्पिक स्रोतमा तादी खोलाको मुहान गरी समवेल प्रविधिबाट बट्टार ट्यांकी र विदुर ट्यांकीमा प्रति सेकेण्ड कम्तिमा ६० लिटर बराबर पानी ल्याउन आयोजना व्यवस्थापनको कार्यालय पानीपोखरी काठमाडौंलाई आवश्यक पहल गर्न निर्णय गरिएको थियो ।

२०७३ सालमा सञ्चालन भएको तेस्रो साना शहरी खानेपानी आयोजना विविध कारण तथा निर्माण व्यवसायीको ढिलाईको कारण गर्दा हालसम्म आयोजना सम्पन्न नभएतापनि विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ का चार हजार घरधुरीमा खानेपानी सञ्चालन गर्न सफल भएको विदुर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताएका छ्न ।

बाढी र पहिरोले विदुरको नगरस्तरीय खानेपानी आयोजनालाई विगतमा धेरै क्षति पुर्‍याउदै आएकोले यसपटक समयमै उक्त कार्यको निरीक्षण गरिएको मेयर को भनाई छ ।





प्रतिक्रिया दिनुहोस्