• १८ माघ २०७९, बुधबार

वाग्मती प्रदेश मा राप्रपाको पनि दावी

२०,पुस,विदुर । वाग्मती प्रदेशमा नयाँ सरकारका लागि सरका दलहरुले आ–आफ्नो दाबी गर्न थालेका छ्न  ।

केही दिन अगाडि मात्र कर्णाली र वाग्मती माओवादी पाउने निश्चित भए पछि फेरि राप्रपाले पनि वागमती मा दावी गरेको छ ।

राप्रपाले सरकारको नेतृत्व गर्ने विषयमा आफ्नो अडान कायम राख्दै लबिङ बढाएपछि नेतृत्वको विषयमा भागबन्डा लगाउन सकेको छैन ।
हालको गठबन्धन अनुसार प्रदेशमा सरकार गठनमा राप्रपा निर्णायक शक्तिमा रहेको छ । जसले गर्दा केन्द्र र प्रदेशस्तरीय बैठकमा प्रदेशमा आफ्नो नेतृत्व दाबी दिइरहेको छ ।

‘प्रदेश सरकारको नेतृत्व हामीले गर्नुपर्छ भन्ने विषयमा केन्द्र र प्रदेश दुवैमा आफ्नो दाबी प्रस्तुत गरेका छौं । हामी आफ्नो अडानबाट पछाडि हट्ने सम्भावना छैन’, भनेर राप्रपा संसदीय दलका नेता उद्धव थापाले भनेका छ्न ।

केन्द्रीय राजनीतिको अंक–गणितमा भएको फेरबदलले वाग्मतीमा सरकार गठनका लागि नयाँ विकल्प पनि रहेको छ । प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत छैन जस्ले गर्दा पनि तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने अवस्था छ  ।
अहिलेको अवस्थामा प्रदेशको सत्ताको साँचो राप्रपासँग रहेको छ ।

प्रदेश संरचना खारेजीको माग राखेका कारण राप्रपालाई सरकार नेतृत्व दिने कि नदिने विषयमा एमाले र माओवादी केन्द्र अहिले सम्म मौन नै छन ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् । यता राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने पनि पक्का छ । अझ कांग्रेसलाई सरकार बनाउन १९ सांसदको साथ भए मात्रै पनि पुग्छ  ।

प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्रले सबैभन्दा बढी दौडधुप गरिरहेको छ । पार्टीभित्रको आन्तरिक विरोधकाबीच दुईदिन लगाएर माओवादी संसदीय दलको नेता चुनिएसँगै शालिकराम जम्मकट्टेलले सरकार निर्माणको विषयमा नेकपा एमाले र राप्रपाका नेता तथा सांसदसँग भेट गरिसकेका छन् ।

उनले नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामासँग पनि अनौपचारिक छलफल अगाडि बढाएका छन् । ‘सरकार गठन गर्न अनौपचारिक छलफल गरेका छौं । नेतृत्वको विषयमा केन्द्रबाटै टुंगो लगाउनुपर्ने देखिन्छ । हामीलाई टुंगो लगाउने अधिकारी पार्टीले दिएको छैन,’ जम्मकट्टेलले भने । उनले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल भने जारी राख्ने बताएका छ्न ।

सदनको दोस्रो ठूलो दल नेकपा एमालेले भने प्रदेश प्रमुखले सरकार गठनका लागि आहृवान गरेपछि मात्र बाँकी प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने निचोडमा पुग्ने एमाले सांसद एकालाल श्रेष्ठले बताएका छ्न ।

‘प्रदेश प्रमुखबाट सरकार गठनका लागि आहृवान भएको छैन । केन्द्रीय समीकरण अनुसार हाम्रो नेतृत्वमा सरकार गठन गर्ने सम्भावना आएको खण्डमा संसदीय दलको नेता चयन भइसकेको छ,’ श्रेष्ठले भने । उनले मन्त्रिपरिषद् गठनको विषय टुंगिन अझै केही समय लाग्ने बताए । एमाले संसदीय दलको नेतामा जगनाथ थपलिया चयन भइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्