• ४ चैत्र २०८१, मंगलवार

अर्थ मन्त्रीलाई भन्सार एजेन्टले बुझाए १४ बुदेँ मागपत्र

काठमाण्डौं- भन्सार एजेन्टहरुले राजस्व संकलनमा वृद्धि गर्न र भन्सार एजेन्टहरुको हित हुनुपर्नेमा जोड दिदै भन्सार एजेन्टहरुको १४ बुदें मागपत्र अर्थमन्त्रीलाई बुझाएका छन । भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उदेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले आज (बुधवार) अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई एक कार्यक्रमका विच ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाएका छन् । अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसंगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजत पत्र वितरण गरेको थियो ।

राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथै अनियमित चोरी निकासी, गैह्र भन्सार कार्यलाई निरुत्साहित गरी भन्सार कार्यालय मार्फत मालबस्तु चेक जाँच गरी राजस्व उठाउने काममा समेत भन्सार एजेन्टको भूमिका राम्रो मानिने कुरा विज्ञप्तीमा उल्लेख छ।

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले भन्सार क्षेत्रहरुमा देखिएका बेथिति र चुहावट नियन्त्रणका नितिगत सुधार गर्दै ऐन तथा नियवालीमा संसोधन गर्नुपर्ने बताउनुभयो । भन्सार क्षेत्रमा विचौलियाको विगविगिले समग्र राजश्व संकलनमा समेत असर परेको तर्क राख्नुभयो ।

ज्ञापन पत्र बुझ्ने क्रममा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले यस समयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण समग्र राजस्व संकलनमा गएकोले भन्सार क्षेत्रमा के कहाँबाट चुहावट हुने गरेको छ सो को रोकथामका लागि भन्सार एजेन्टबाट आफुँले निकै ठूलो सहयोगको अपेक्षा गरेको बताउनुभयो । साथै भन्सार एजेन्टको जायज माग प्रति आँफु सकारात्मक रहेको र नयाँ भन्सार एजेन्टहरुलाई भन्सार कार्यालयहरुमा सहज रुपमा काम गर्ने वातावरण तयार गर्ने बताउनुभयो ।

No description available.
No description available.




प्रतिक्रिया दिनुहोस्