• २९ माघ २०८१, मंगलवार

देशभरका अवैध क्रसर बन्द गर्न सीडीओहरुलाई गृह मन्त्रालयको आदेश

२१,पुस,नुवाकोट । अवैध रूपमा देश भर संचालन भैरहेका अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयका प्रमुख (सिडिओ) लाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।

नेपाल को प्रचलित कानून भन्दा माथी रहेर संचालन गरिरहेका तथा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा दोहन कार्यलाई नियन्त्रण गर्न र वातावरण संरक्षण ऐन २०७६ को पालना र गर्न तथा त्यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ ।

परिपत्रमा उल्लेख गरे अनुसार ‘कानून विपरीत दर्ता नगरी तथा नविकरण लगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्ने ’भनिएको छ ।

साथै विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न परिपत्रमार्फत निर्देशन गरिएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्