• ३ श्रावण २०८२, शुक्रबार

चिनियाँ निर्माण कम्पनीले डेढ बर्षभित्र त्रिशूली थ्री ‘बी को आयोजना सक्न सहमत

२१,पुस,विदुर । ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजाना डेढ वर्षमा निर्माण सक्न चिनियाँ कम्पनी सहमत गरेका छन्।

ठेकेदार र निर्माण कम्पनी को लापरवाहीका कारण विगत ५ महिनादेखि आयोजना अलपत्र परेपछी । गत साता त्रिशूली जलविद्युत कम्पनी लिमिटेड र ठेकेदार कम्पनीबीच भएको मिटिङमा उनीहरु सहमत गरेका हुन । कम्पनी अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा जुम मिटिङ भएको थियो।

यो आयोजनाको ठेक्का चिनियाँ कम्पनी स्वीफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले पाएको छ । गत साता घिसिङ आयोजनास्थलमा पुगेर निर्माण कम्पनीका प्रतिनिधीसंग नेपाल विद्युत प्राधिकरण का कार्यकारी निर्देशन बिच छलफल भएको थियो ।
साथै धिसिङ्ले समयमै काम गर्न नसके हात उठाउन समेत निर्देशन दिएका थिए।

त्यसलगत्तै घिसिङले कम्पनी हेड अफिसमा मिटिङ राख्दै उक्त मिटिङमा डेढ वर्षमा बाँकी काम पूरा गर्ने प्रतिबद्धता जाहेर गरेको कुरा माइन्युटिङ गरिएको छ । कम्पनीको व्यवस्थापन मा थोरै समस्या आएपछि कामै रोकिएको थियो। अझ आयोजनाको ठेक्का हुने वित्तिकै कोरोना भाइरसको संक्रमण सुरु भएको ले गर्दा पनि १५ महिना आयोजनाको काम  प्रभावित भयो।

अहिले कम्पनीका प्रतिनिधीहरु साइटलाई निरीक्षण गरेका छ्न अब पूर्व तयारीको काम गरिरहेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले जानकारी दिएका छन।
उनका अनुसार अहिले साइटमा पुन:काम सुरु गर्नका लागि इक्विपमेन्ट, निर्माण सामग्री व्यवस्थापन लगाएतका कार्यहरू गरिरहेको बताएका छ्न ।साथै अब जनवरीभित्रै काम सुरु गर्ने प्रतिबद्धता समेत जनाएको गौतमले जानकारी दिएका छ्न

आयोजनाको ३८०५ मिटर सुरुङमार्गमा ४०५ मिटर खन्न बाँकी रहेको छ । त्यस्तै सुरुङमार्ग फिनिसिङ, सर्ज ट्यांक खन्ने ,पावर हाउस निर्माणको काम बाँकी रहेको छ । अनुमानित ८ अर्ब २२ करोड रुपैयाँ लाग्ने यस आयोजनाबाट वार्षिक २९२.५८ गिगावाट विद्युत उत्पादन हुने र कम्पनीले विद्युत बेचेर वार्षिक १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गर्न सक्ने लक्ष्य रहेकोे छ ।





प्रतिक्रिया दिनुहोस्