• २९ माघ २०८१, मंगलवार

पृथ्वी ज्यन्ती को दिन विदुर नगरपालिकाले सार्वजनिक विदा दिने

२२,पुस विदुर । विदुर नगरपालिकाले राष्ट्रिय एकीकरण दिवसको दिन अर्थात पौष २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आगामी पौष २७ गते बुधबार विदुर नगरपालिका भित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले बताएका छ्न ।

पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा रहेको नेपाललाई एकीकरण गरेर एउटै सिङ्गो नेपाल बनाएका थिए । वि.स १७७९ पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए । उनको यो एकीकरणकै कारण अहिलेसम्म नेपाल एकढिक्का छ ।

पृथ्वीनारायण शाहले नुवाकोटबाट नै नेपाल एकिकरणको अभियान शुरुवात गरेको ले पनि नुवाकोट लाई विशेष रुपमा लिइदै आइएको छ ।
र उनको देहान्त पनि बिदुर–५ देवीघाटमै भएकोले १ दिन नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।





प्रतिक्रिया दिनुहोस्