• २४ मंसिर २०८१, सोमबार

त्रिशुली समाज यु.ए.ई द्वारा किस्पाङका विद्यार्थी लाई न्यानो कपडा वितरण

पुस,२२, नुवाकोट । त्रिशुली समाज यु.ए.ई. को सामाजिक अभियान अन्तर्गत “आधारभूत शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण कार्यक्रम २०७९” किस्पाङ गाउँपालिकाभित्रका छ वटा विद्यालयमा गत जनवरी २ र ३ मा वितरण गरेको थियो ।

उक्त कार्यक्रम संस्थाबाट निश्चित मापदण्डको आधारमा विद्यार्थी वर्गीकरण गरेर आर्थिक अवस्था कमजोर भएका विद्यालयलाई वितरण गरिएको कार्यक्रम संयोजक कर्म छिरिङ तामाङ ले बताएका छ्न ।

तामाङ का अनुसार प्रत्येक विद्यालयमा गएर नै विद्यार्थी को आर्थिक अवस्था बुझेर पालिका भरी मा १४१ जना विद्यार्थीलाई सहयोग संस्थाबाट गरिएको थियो साथै उनले भने आगामी दिनमा पनि सकेको सहयोग गर्न प्रतिबद्ध ब्यक्ति गरेका छ्न ।

संस्थाबाट विद्यार्थीहरुको पारिवारिक-आर्थिक अवस्थाको अध्ययन गरि कम्तिमा ५ कक्षा सम्मका प्रत्येक विद्यालयका विद्यार्थीलाई ड्रेस अनिवार्य उपलब्ध गराइएको थियो । त्यस्तै विद्यालयको विद्यार्थी संख्या अवलोकन गरि कक्षा ८ सम्मका विद्यार्थीलाई पनि ड्रेस प्रदान गरिएको थियो ।

साथै छनौट भएका विद्यार्थीमध्ये कक्षा १० सम्मकालाई न्यानो स्विटर उपलब्ध गराइएको थियो । त्यसैगरी विवरणमा भएका बालविकास कक्षादेखि कक्षा १२ सम्मका प्रत्येक विद्यार्थीलाई कापी,कलम लगाएतका स्टेशनरिका सामग्री वितरण गरिएको तामाङ ले बताएका छ्न ।

उक्त कार्यक्रम पञ्चलिङ्गे मा.वि., ज्योती आधारभूत विद्यालय ,श्री ऐसेलुभुमे मा.वि.,श्री जल्जुखोला मा.वि , महादेव आधारभूत , सिम्राङ चौर आधारभूत विद्यालय मा संचालन भएको थियो ।





प्रतिक्रिया दिनुहोस्