२३ पुस, विदुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गर्न अपिल गरेको छ ।
फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटेका थिए ।
उनले नेपालमा रहेका शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग अपिल गरेका हुन ।
फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई भुटान फर्काउन तथा नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि पहल गरिदिन समेर आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचानसहित काम गरिरहेकालाई पनि पीडा दिएको छ ।’
‘नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापित गरिएको सो फाउण्डेशन ले विभिन्न सामाजिक काम गर्दै आएको छ ।