• २४ माघ २०७९, मंगलवार

राष्ट्रपति भण्डारी साझा यातायात चढेर पाटन जाने

२३,पुस् नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बस चढेर पाटन जाने भएकि छिन ।

शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी जनाउनलाई उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन आउन लागेको ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिएकी छिन ।

उनका अनुसार दिउँसो १ बजे पिम्बहालमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ।
पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ । साथै त्यहाँबाट पिम्बहाल सम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको उपमेयर बज्राचार्यले बताएकी छिन ।





प्रतिक्रिया दिनुहोस्