२४,पुस,नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा आफ्ना कुरा राख्दै भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर भएर लाग्ने बताएका छ्न।
प्रधानमन्त्रीले उक्त छलफल मा आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित गर्न समेत बताएका छ्न साथै उन्ले ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको जोड दिने भनेका छ्न ।
उनले नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि उक्त कुरालाई प्राथमिकताका व्यक्त गरेको बताएका छ्न । उनले भने जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन्। अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नलाई सम्पुर्ण निकाय समक्ष सहयोग को अपेक्षा गरेका छ्न ।
छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताएका थिए । प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई गरेको निर्देशनात्मक सम्वोधनले आयोग उत्साहित भएको र राज्यका सबै अंगहरू जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम हासिल गर्न सकिने राइको बुझाई छ ।
त्यस्तै छलफलमा आयोगले संसदमा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन आग्रह गरेको छ साथै आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र बिस्तारका निम्ति पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन ।