२४ पुस, नुवाकोट । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषण गरेको छ ।
निर्वाचन को मिति टोकेपछि विद्यार्थीहरु आन्तरिक संगठन बनाउन लाई निरन्तर लागिरहेका छ्न । करिब एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचन हुन थालेको हो । उक्त निर्वाचन मिति घोषणा सगै विद्यार्थीहरु आन्तरिक तयारीमा जुटेका हुन् ।
यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको बताएका छ्न । उनका अनुसार ‘विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्न उनले बताएका छ्न ।
विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार माथी प्रश्न उठन थालेको उनले बताएका छ्न साथै त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी सङ्गठनसँग छलफल गर्नुपर्ने उनको बुझाइ रहेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताइन् । उनले मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताए । ‘विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तोक्नु खुसीको कुरा हो’, उनले भने, ‘अब हामी स्ववियु निर्वाचनको वातावरण बनाउन लाग्छौँ ।’ उनले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा हिड्न लागेको बताएका छ्न । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताए । उनले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने जानकारी दिएका छ्न ।
यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउदो चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको छ । साथै त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ साल बाट नियमित रूपमा हुन सकेको छैन ।