२५,पुस, नुवाकोट । आउदै गरेको पृथ्वीजयन्तीलाई लक्षितगर्दै गोरखा दरबारको हनुमान भञ्ज्याङबाट ३९ जना नेपाली सेनाको टोली पदयात्री गर्दै नुवाकोट आइपुगेका छ्न । टोलिलाई हिजो बिदुर नगरपालिकाका शुभघाटमा नगर प्रमुख राजन श्रेष्ठ तथा उप प्रमुख प्रभा वोगटीले स्वागत गरेका हुन
नेपाली सेना जवरजंग गणका सेनाहरुको अगुवाई एकीकरण मार्ग पदयात्रीहरु नुवाकोट आइपुगेका थिए । राष्ट्रपिता पृथ्वी नारायण शाहले वाईसे चौविसे राज्यलाई एकीकरण गरी एक विशाल राष्ट्र निर्माण गरेको मार्ग पछ्याउँदै उक्त एकीकरण मार्ग पदयात्रा गरिने प्रमुख सेनानी अर्जुन कार्कीले बताउनुभएको हो । स्वागत कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रभा वोगटीले एकीकरण मार्गलाई थप ब्यवस्थित गर्न डिपिआर गर्न पहल गर्ने र नुवाकोटको ऐतिहासिक धरोहरको संरक्षण तथा प्रबर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
नुवाकोटको प्रमुख जिल्ला अधिकारी नारायण रिसाल पनि उक्त कार्यक्रम मा सहभागी जनाउदै उनले भने नुवाकोटको एक ऐतिहासिक सम्पदाले सुसज्जित जिल्ला भएकोले एकीकरण पदमार्गका बिकासले पर्यटन लगायतको क्षेत्रको विकासमा महत्वपूर्ण अवसर रहेको र ईतिहासको जर्गेनाका आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न ।
त्यस्तै नगर प्रमुख श्रेष्ठले कार्यक्रममा नेपाल एकीकरणले नेपाल र नेपालीको शान कोसेढुङ्गा सावित भएकोले पनि नुवाकोट लाई एतिहासिक धरोहर को रूपमा लिइदै आइएको बताएका छन। उहाँले नेपालको संविधानमा सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारी अन्तर्गत ऐतिहासिक धरोहरको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्याउने उद्देश्य एकीकरण पदयात्राको शुरुवात २०७६ सालदेखि भएको जानकारी गराएका छ्न।
एकीकरण अभियानका क्रममा योद्धाहरुले यात्रा गरेर बनाएका दरबार, किल्ला तथा गढीहरुलाई एक–आपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने मेयर को भनाइ रहेकोे छ ।
स्वागत कार्यक्रमको मुख्य अगुवाई वडा नम्बर २ का अध्यक्ष दिपक कायस्थले लिएका थिए भने बिदुर नगरपालिका वडाध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक समाजका अगुवाहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको जानकारी दिएका छ्न । पद यात्रा पुस २१ गतेबाट सुरु भई पुस २६ गते काठमाडौं पुगेर राष्ट्रिय एकता दिवसमा समापन गरिने भनी वाग्मती प्रेस लाई जानकारी गराएका छ्न ।