२५, पुस , विदुर ।बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन्। आज सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जमकट्टेल लाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ७० प्रदेश सांसदको समर्थन पाएका थिए ।
त्यस्तै उनले सोही समर्थनलाई साथ दिदै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।यस प्रदेशमा सरकार गठनका लागि अब ५६ सांसद चाहिन्छ ।