२६ पुस, नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् ।
सबै जनालाई मिलाएर प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक ब्यबस्था रहेको छ त्यसै अनुरुप प्रचण्डले आज विश्वासको मत लिन लागेका छ्न । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन आवश्यक पर्छ ।
जस्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा पुस १० प्रधानमन्त्री नियुक्त भएकै बेला प्रचण्डलाई समर्थन गरेका थिए ।
त्यस्तै सरकारमा सहभागी नभएका तथा सरकारमा नजाने अन्य दलहरूले पनि प्रचण्डलाई विश्वासको मत दिन आश्वासन भने व्यक्त गरेका छन् ।
त्यस्तै प्रचण्ड सोमबार देउवा निवास धुम्बाराहीमा विश्वासको मत माग्न पुगेका थिए । उक्त भेटमा देउवाले प्रचण्ड लाई विश्वासको मत दिने आश्वासन व्यक्त गरेका थिए । तर कांग्रेसले मत दिने या नदिने भन्ने कुरामा औपचारिक निर्णय भने आजमात्रै गर्नेछ ।