• १० बैशाख २०८२, बुधबार

सादा पोसाकमा खटिएका प्रहरीको विवरण गृह मन्त्रालयले माग्यो

२७,पुस, विदुर । देशभर सादा पोसाकमा खटिरहेका प्रहरीहरुको विवरण गृह मन्त्रालयले मागेको छ ।
नेपाल मा सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

युनिट इन्चार्जहरूले सादा प्रहरीलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरण सङ्कलन गर्न आदेश गरेको छ ।

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण माग गरेको छ ।
इन्टेलिजेन्स ब्युरो अन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागी उनीहरूलाई परिचालन गर्ने गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले जानकारी दिएका छन । ‘

नेपाल प्रहरीमा चाहिँ जिल्ला र युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका छन् । जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’हरुले काम गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

सुरक्षा सङ्गठनहरूले परिचालन गरेका सादा पोसाकमा खटिने सुरक्षाकर्मीलाई व्यवस्थित गर्नका लागी विवरण मागिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छ्न । त्यस्तै उनले सादा पोसाकमा खटिएका सुरक्षाकर्मीलाई कार्यविधि बनाएर व्यवस्थित गर्न तथा आवश्यकता भन्दा धेरै परिचालन गरेको पाइए फिर्ता गर्न कुरा पनि जानकारी गराएका छ्न ।





प्रतिक्रिया दिनुहोस्