२७,पुस, नुवाकोट । श्रीमानले आफ्नै श्रीमतीलाई लात्ती हान्दा झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हिजो साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको र उक्त लात्तीले लाग्दा श्रीमती को घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा लात्तिले हानेका थिए ।
प्रमिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ले जनाएको छ । साथै लात्ती प्रहार गर्ने श्रीमान विश्वराजलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी बसन्त पाठकले बताएका छ्न ।