• २७ बैशाख २०८२, शनिबार

बागमतीमा सभामुख कस्ले पाउला ?

२८ पुस, हेटौंडा । बागमती प्रदेशमा सभामुखका लागि राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजु बीच प्रतिस्पर्धा हुने भएको छ ।

पद भागवण्डा गर्दा वाग्मती प्रदेश को सभामुख राप्रपा ले पाउने सहमति भएको भए पनि अहिले प्रतिस्पर्धा हुने भएको छ ।

सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद रहेका छन् । तर पनि उसले अधिकारीलाई उम्मेद्वार भने बनाएको अवस्था छैन । उनको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक बसेका छ्न ।

‘हार जित त नतिजा आएपछि थाहा हुन्छ, मतद्वारा आफ्नो नेता छान्न पाउनु र त्यसमा भाग लिनु लोकतान्त्रिक पद्दती हो,’ काफ्लेले बताएका छ्न
३ जना मात्र सांसद नेमकिपाले सायजुलाई उम्मेदवार बनाएको हो । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइँ सायजुको प्रस्तावक र गीता काफ्ले समर्थक बसेकी छिन् ।

सायजुले उम्मेद्बारी दिनुमा प्रजातान्त्रिक अभ्यासका रूपमा आफुलाई लिइएको बताएकी छिन साथै उनले
प्रदेश सभालाई मर्यादित र व्यवस्थित बनाउने र जनताको समस्याको छलफल गर्ने थलोका रुपमा विकास गर्ने कुरामा सदैव लाग्ने बताएकी छिन ।





प्रतिक्रिया दिनुहोस्