• २६ बैशाख २०८२, शुक्रबार

जिल्ला अस्पताललाई विदुर नगरपालिकाले ल्याब टेक्निसियन उपलब्ध गराउने

३०,पुस,विदुर । नुवाकोट को जिल्ला अस्पताल मा विदुर नगरपालिका ले ल्याब टेक्निसियन उपलब्ध गराउने भएको छ । विभिन्न महामारी तथा कोरोना रोगको सक्रमण लगाएत अन्य सरुवा रोगको जोखिम बढे सगै बिरामीको स्वास्थ्य परीक्षणमा सहयोग पुराउन नगरपालिका ले अस्पताललाई उपलब्ध गराउन लागेको हो ।

त्रिशूली अस्पताललाई विदुर नगरपालिकाले आवश्यक जनशक्ति अस्पतालको लागी आवश्यक जनशक्ति तथा उपकरण सहयोग गर्ने कार्यक्रम अन्तर्गत यहीँ हप्ता बाट एक जना ल्याब टेक्निसियन (कर्मचारी) अस्पताललाई उपलब्ध गराउने नगरप्रमुख राजन श्रेष्ठले बताएका छ्न ।

त्यस्तै त्रिशूली अस्पताललाई उपलब्ध गराएको ल्याब टेक्निसियनले अस्पताल लाई ठूलो राहत मिल्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताएका छ्न । साथै अस्पतालको प्रयोगशालामा कोरोना रोगको सक्रमणको समयमा बढ्ने बिरामीको पहिचान तथा परीक्षणमा सहयोग पुग्ने पनि पाण्डेले बताएका छ्न ।

त्यस्तै नगर प्रमुख ले सेवा तथा सुविधा मा कुनै कसुर नराखी अस्पतालले दिन सक्ने सेवा सुविधा उपलब्ध गराउन आफू र अस्पताल निरन्तर लाग्ने समेत बताएका छन। त्यस्तै अस्पताललाई आगामी दिनमा आवश्यक उपकरण लगायत नगरपालिकाको सामथ्र्य अनुसारको सहयोग आगामी दिनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छ्न ।





प्रतिक्रिया दिनुहोस्