• १९ फाल्गुन २०८०, शनिबार

पशुपतिको जंगलमा भेटियो शव – पेट्रोल छर्केर हत्या गरेको हुन सक्ने प्रहरी को अनुमान

३०,पुस, नुवाकोट । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । पशुपति मन्दिर परिसरको किरातेश्वर मन्दिर भन्दा तलपट्टि पुरै शरीर जलेको अवस्थामा एक पुरुषको शव भेटिएको हो ।

अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार जलेका कारण शवको पहिचान हुन नसक्ने तर शवनजिकै उसको पर्सलगायतका सामग्री भेटिएका कारण पहिचान गर्न थोरै सहज हुने उनले बताएका छ्न ।

आज बिहान शव त्यहाँ रहेको खबर पश्चात् अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि पठाइएको एसपी कोइरालाले जानकारी दिएका छ्न ।

शवनजिकै बोतलमा पेट्रोल पनि भेटिएकाले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रोत : ईकान्तिपुर





प्रतिक्रिया दिनुहोस्