• ९ माघ २०८१, बुधबार

नुवाकोटमा मापदण्ड विपरीत चलेका क्रसर भटाभट शिल

३०,पुस, विदुर । गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन दिएपछि नुवाकोट मा पनि अवैधानिक क्रसर भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट ले उक्त तवरले संचालनमा रहेका क्रसर शिल गरिदिएको छ ।

नुवाकोट मा मापदण्ड विपरीत तथा कानुन प्रक्रिया देखि अवैधानिक तरिकाले चलेका ४२ क्रसर उद्योगमा शिल गरिएको हो । जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गरेपछी भेटिएका अवैध क्रसर बन्द गरेको हो ।
स्थलगत अनुगमनसहित मापदण्ड विपरीतका क्रसर उद्योग शिल गरेको हो

जिल्ला प्रशासन कार्यालय नुवाकोट ले चार दिनको अवधिमा मात्र ४५ क्रसरमा शिल गरिएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्