• २ चैत्र २०८१, आईतवार

पोखरा मा विमान दुर्घटना

१,माघ, नुवाकोट । आज बिहान काठमाडौ बाट पोखरा को लागी उडेको यति एयरलाईन्सको विमान पोखरामा दुर्घटना हुन पुगेको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुग्न लाग्दा नयाँगाउँमा दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

स्थानीयहरूले दुर्घटनास्थलको दृश्य हरु सामाजिक संजाल मा राखेपछि प्रहरीको टोलि उक्त स्थलमा पुगेको हो ।७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

अहिले घटनास्थलतर्फ हेलिकप्टरमा उद्धार टोली जाँदै गरेको छ ।





प्रतिक्रिया दिनुहोस्