२ माघ,नुवाकोट । गण्डकी प्रदेश सभामा सोमबार उपसभामुखको निर्वाचन हुने भएको छ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी रहेका छ्न ।
सभामुख भने यसअघि नै नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भएका हुन । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत रहेको ले पनि सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भइसकेको छ ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । तर, माओवादीका सांसद कृष्ण धिताल सभामुख भएकाले मत हाल्ने छैनन् । सभामुखको निर्वाचनमा स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत हालेका थिए ।
सोमबारको प्रदेश सभा बैठकले आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव पारित गरिने समेत प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छ्न ।