३,माघ , नुवाकोट । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
हिजो बसेको नेपाली कांग्रेसको संसदीय दलको वैठकले काफ्लेलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।
दोलखाबाट प्रदेश सभा सदस्यमा निर्वाचित काफ्ले नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुन । युवा नेता समेत रहेका काफ्ले नेविसंघको पुर्व महामन्त्रीसमेत भैसकेका छन ।