४,माघ,विदुर । जनयुद्ध अर्थात द्धन्दको बेलामा वेपत्ता भएका विदुर नगरपालिका वडा नं ४ निवासी रामजि रेग्मिको परिवारलाई विदुर नगरपालिकाले आर्थिक रूपमा सहयोग प्रदान गरेको छ ।
वेपत्ता परिवार छानविन गर्न नेपाल सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरिएको थियो । उक्त आयोगले विदुर नगरपालिकाको वेपत्ता पारिएका व्यक्तिको विवरण पठाएको र आयोगले स्थानिय तहबाट विभिन्न खालका सहयोग दिन सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार रेग्मीको परिवारलाई जिवन निर्वाहको लागि केहि राहत पुगोस् भन्दै ५० हजार को चेक प्रदान गरेको नगरप्रमुख मेयर राजन श्रेष्ठले जानकारी दिएका छ्न ।