• २१ माघ २०७९, शनिबार

विमानस्थल बाटै २१ जना नेपाली पक्राउ:

४,माघ,नुवाकोट । हिजो फ्लाई दुबै को उडान मार्फत काठमाण्डौंबाट दुवई हुँदै क्रोसिया जान लागेका एक्काईस जना पुरूष यात्रुहरुलाई प्रहरी ले पक्राउ गरेको छ ।

प्रहरी ले उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ गर्न क्रममा एरियमा स्क्रिन गर्ने क्रममा निजहरुको साथबाट इउरो एकाउन्न हजार तीन सय पचास (५१३५०)फेला परेको हो ।

साथै प्रहरीले साथमा राहदानी चेकजाँच गर्दा उल्लेखित परिमाणको रकमको दरपिट गरेको नदेखिएकोले उनीहरुलाई सोधपुछ गरेको थियो सोधपुछ गर्दा पदम बहादुर विश्‍वकर्माले पठाएको हो भनी खुलाए पश्‍चात् निज पदम बहादुर विश्‍वकर्मालाई समेत यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेटको बाहिर पट्टीबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा विश्वकर्मा संग नेपाली रुपैयाँ १००० दरको थान- १२० ले जम्मा ने.रु.१,२०,०००।– (एक लाख बीस हजार मात्र) फेला परेको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरी कार्यलय काठमाडौले जनाएको छ् ।





प्रतिक्रिया दिनुहोस्