• २२ मंसिर २०८१, शनिबार

सातौं नुवाकोट महोत्सव माघ २७ बाट सुरु । टिकट को मुल्य सर्वसाधारण लाई एकसय ,विद्यार्थीलाई ६० रुपैयाँ

५,माघ,नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराका साथ यहीँ माघ २७ गतेदेखि फागुन १० गतेसम्म विदुर नगरपालिका ५ पिपलटार मा सातौँ नुवाकोट महोत्सव हुने भएको छ।

आज बिहिबार विदुरमा संघले पत्रकार सम्मेलन आयोजना गरेको थियो उक्त सम्मेलन बोल्दै संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवद्धन गरी जिल्लामा आर्धिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने उद्देश्य महोत्सव गर्न लागिएको बताएका छ्न ।

महोत्सव सञ्चालनका लागि विभिन्न ३० वटा विषयगत उपसमितिहरु निर्माण गरिएको संघका प्रवक्ता सबिन राजभण्डारीले बताएका छ्न।
साथै महोत्सवमा २० करोडको कारोबार हुने लक्ष्य राखिएकोमा करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिएका छ्न । महोत्सवबाट २० लाख मुनाफा हुने लक्ष्य रहेको उनले बताए ।
महोत्सवमा टिकटको मुल्य सर्वसाधारण लाई एकसय रुपैंयाँ र विद्यार्थीलाई ६० रुपैंयाँ तोकिएको छ ।





प्रतिक्रिया दिनुहोस्