• २१ माघ २०७९, शनिबार

भोलि बट्टारमा हुने ल्होछार कार्यक्रमको सबै तयारी पुरा, प्रमुख अतिथि मा राधिका तामाङ आउने

६ माघ , विदुर । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति नुवाकोटले २८५९ औं राष्ट्रिय सोनाम ल्होछारको अवसरमा भोलि हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

आज तामाङ प्लाजा बट्टारमा नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति नुवाकोटद्वारा पत्रकार सम्मेलन गर्दै भोलि हुने ल्होछार कार्यक्रमका लागी सम्पूर्ण क्रियाकलाप तथा गतिविधिहरुको पुर्णरूपमा तयारी सम्पन्न भएको आयोजना ले जनाएको छ ।

नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव एंव ल्होछार समारोह समितिका संयोजक जयमान वाइव तामाङका अनुसार भोलि हुने कार्यक्रम मा तामाङ सँस्कृती झल्काउने सांस्कृतिक कार्यक्रम, नुवाकोटमा स्थानीयतह, संघ र प्रदेसमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम रहेकोे तथा तामाङ खानाका परिकार लगाएत अन्य धार्मिक तथा सांस्कृतिक नाच प्रदर्शनी समेत गर्न बताएका छ्न ।

यस अघिको बर्ष भन्दा यो बर्ष थप प्रभावकारी बन्ने आयोजनाले जनाएको छ । तामाङ जाति को संस्कार ,परम्परा संकृति, भेषभूषाको संरक्षण तथा सम्वद्र्धन गर्दै यस बर्ष पनि मनाउन लागिएको नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज उषा वाइवा तामाङले जानकारी दिनुभएको छ ।

त्यस्तै भोलि आयोजित कार्यक्रम बट्टार बसपार्क स्थित तामाङ प्लाजाको प्राङ्गणमा गर्न र बागमती प्रदेशसभा सदस्य पूर्व राज्यमन्त्री राधिका तामाङलाई कार्यक्रमको प्रमुख अतिथीको बनाइएको आयोजक समितीले जनाएको छ । साथै कार्यक्रम मा प्रवेश शुल्क भने नलाग्ने आयोजक ले जानकारी दिएको छ ।

कोरोनाको जोखिम का कारण यस अघिको बर्ष भन्दा यो बर्ष थप प्रभावकारी बन्ने आयोजनाले जनाएको छ । तामाङ जाति को संस्कार ,परम्परा संकृति, भेषभूषाको संरक्षण तथा सम्वद्र्धन गर्दै यस बर्ष पनि मनाउन लागिएको नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज उषा वाइवा तामाङले जानकारी दिनुभएको छ ।

त्यस्तै भोलि आयोजित कार्यक्रम बट्टार बसपार्क स्थित तामाङ प्लाजाको प्राङ्गणमा गर्न र बागमती प्रदेशसभा सदस्य पूर्व राज्यमन्त्री राधिका तामाङलाई कार्यक्रमको प्रमुख अतिथीको बनाइएको आयोजक समितीले जनाएको छ । साथै कार्यक्रम मा प्रवेश शुल्क भने नलाग्ने आयोजक ले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्