७ माघ, नुवाकोट । आज बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको छ ।
मगर ले १६६ मत प्राप्त गर्दै निर्वाचित भएकि हुन । उनी सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार दिएकी थिइन । २६४ जना सांसद उपस्थित रहेको सदन मा । ९७ जना सांसदले उनको विपक्षमा मत दिएका थिए। साथै एक सांसदले भने मत दिएका थिएनन् ।
रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्। उनको विपक्षमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार थिइन्।
यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।