• २१ माघ २०७९, शनिबार

देश भ्रष्टाचारको महामारीमा डुब्दैछ – सांसद केसी

८ माघ, नुवाकोट । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताएका छन् । हिजो शनिबार सदनमा बोल्दै केसिले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताएका छ्न ।

हिजो बसेको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै सांसद केसीले राष्ट्रिय राजनीतिमा सन्तुलन र संयोजनको व्यवस्थित उपयोग हुनुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताएका छ्न ।

‘देशको अर्थतन्त्र दिन दिनै चुनौतीपूर्ण बनिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा आमूल परिवर्तन भएको छ । यस्तोमा हामीले भागबण्डाको कुरामात्रै गरेर हुदैन । राष्ट्रिय महत्वका विषयहरूमा राष्ट्रिय सहमति खोजौँ । संसद्लाई सशक्त र जीवन्त बनाउनका लागि नयाँ शिराबाट अघि बढौँ,’ उनले बताएका छ्न





प्रतिक्रिया दिनुहोस्