• ९ माघ २०८१, बुधबार

बोतल र जर्किनमा पेट्रोल बेच्न नपाइने बेचेको पाइएमा कारबाही हुने

११ माघ,विदुर । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ ।

पछिल्लो केही दिन यता समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ ।

हिजो संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए त्यसैले यस्तो घटना फेरि पनि दोहोरिन सक्ने भन्दै प्रहरीले खुल्ला रुपमा पेट्रोलियम पदार्थ बेच्न रोक लगाउने भएको छ।

पछिला दिनहरू आगलागी, मानवीय र भौतिक क्षतिहरु धेरै भैरहेकोले आगामी दिनमा यस्ता क्रियाकलाप निकै नै संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले जानकारी दिएको छ ।साथै बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले जनाएको छ ।

सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने समेत प्रहरीले जानकारी गराएको छ’,

हिजो संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले पेट्रोलियम पदार्थ छर्केर आत्महादा प्रयास गरेका थिए । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । यसै बिषयलाई लिएर अहिले सामाजिक संजाल मा सरकार को चर्को आलोचना भैरहेको छ ।





प्रतिक्रिया दिनुहोस्