• २ फाल्गुन २०८१, शुक्रबार

आयोजना ठप्प हुन थालेपछि क्रसर खोल्न दिने सरकारको निर्णय

१२ माघ, विदुर । सरकारले क्रसर उद्योगहरु चल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले गत पुस २० सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै अवैध तथा दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

उक्त निर्देशन लाई फेरि बुधबार मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय गरेको छ ।

अवैध क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा कामहरु ठप्प भएका छ्न । यसैगरी निर्माण व्यवसायीहरुले पनि काम छाडेपछि सरकारमाथि क्रसर खोल्न चौतर्फी दबाब परेको गृह मन्त्रालयले बताएको छ । तर यसरी बन्द गर्नु कुनै अनौठो कुरा भने होइन यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।

गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिने उनले बताएका छ्न ।





प्रतिक्रिया दिनुहोस्