• २१ माघ २०७९, शनिबार

माघ १४ मा बेल्कोट्गढी मा ” झिल्टुङ क्रस कन्ट्री दौड ” आयोजना हुदै

१२ माघ, विदुर । “जे गरौ, गज्जबले गरौ” भन्ने नारासहित सातौँ झिल्टुङ क्रस कन्ट्री दौड यहि माघ १४ गते शनिबार हुने भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना मा उक्त कार्यक्रम हुन लागेको हो । ५ नं वडाका अध्यक्ष मदन भुजेलका अनुसार समुदायस्तरमा दौडलाई सांस्कृतिक एवम् पर्यटन प्रबर्द्धनको निमित्त यसवर्षदेखि वडाले जिम्मेवारी लिएर समेत बताएका छ्न।

बर्सेनि आयोजना हुने प्रतियोगिता कोरोनाको कारण प्रभावित बनेको भएता पनि केहि समयपछी कार्यक्रम भने भएको थियो । साढे १३ किमि खुला महिला र पुरुषतर्फको दौड छ भने साढे १३ किमि खुला स्थानीय पुरुषतर्फको दौड रहेको छ । त्यस्तै १६ वर्षमुनिका छात्र,छात्रातर्फ साढे ४ किमि खुला जुनियर दौड, १६ वर्षमुनिका स्थानीय छात्रा,छात्र दौड तथा साढे ४ किमि स्थानीय ४५ वर्षमाथिका पुरुषको दौड र भेट्रान खुला साढे १३ किमि पुरुषतर्फको दौड प्रतियोगिता रहेको छ । र स्थानीय आमा समूहको साढे ४ किमि दौड प्रतियोगितासमेत राखिएको वडाध्यक्ष भुजेलले बताएका छ्न ।

साढे १३ किमि खुला महिला तथा पुरुषतर्फको पहिलो पुरस्कार राशि १५ हजार, दोस्रो १० हजार र तेस्रो ५ हजार रहेको छ भने साढे १३ किमि स्थानीय खुला महिलातर्फको पहिलो, दोस्रो र तेस्रो पुरस्कार राशि क्रमशः १०, ७ र ५ हजार राखिएको छ । साढे ४ किमि स्थानीय आमा समूहतर्फको पुरस्कार राशि पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १२, ९ र ६ हजार रुपैयाँ राखिएको छ ।





प्रतिक्रिया दिनुहोस्