१३ माघ, विदुर । नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले लाभांशबीनै चौधौं वार्षिक साधारण सभा फागुन ५ गते वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहानको ११ बजे वार्षिक साधारण सभा गर्न भएको छ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान तथा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने लगाएतको विषय छलफलमा गरिने बताइएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग र कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋणलाई पनि सभाले अनुमोदन गर्न बताइएको छ । त्यस्तै सर्वसाधारण तथा शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्ति गर्न कुरा जानकारीमा आएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १९ गते बुक क्लोज गर्ने र उक्त बुक क्लोज अनुसार माघ १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागि हुन पाउने बताइएको छ ।