• २२ मंसिर २०८१, शनिबार

नुवाकोट को सिडिओ फेरिए

१६ माघ, विदुर । नुवाकोटको प्रमुख जिल्ला अधिकारी र साहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा कैलालीमा प्रमुख जिल्ला अधिकारी किरण थापा आएका छन् ।
अधिकारी कैलालीमा २०७८ साल असोज ३१ गते प्रजिअका रुपमा सरुवा भएका थिए । उनी त्यस अघि सुदुरपश्चिम प्रदेश मुख्य मन्त्री कार्यालयका सचिवका रुपमा समेत कार्यरत रहेका थिए । उनले २७ वर्षदेखि सरकारी सेवामा काम गर्दै आइरहेका छ्न भने प्रजिअ थापा कानूनका विद्यार्थी हुन् ।

त्यस्तै डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी नुवाकोटको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा भएर आएका छन् । उनी २०७८ साल असोज ३१ गते कारागार व्यवस्थापन विभागको निर्देशकबाट डोल्पामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका थिए ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल गृह मन्त्रालयमा र नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा काज सरुवा भएका हुन

नुवाकोटमा कार्यरत प्रजिअ रिसाल १ वर्ष अघि नै नुवाकोट आएका थिए भने सहायक प्रजिअ दुई वर्ष अघि नुवाकोट आएका थिए तीनै तहको दुई वटा निर्वाचनलाई सम्पन्न गराएको र एक वर्षमा गृह मन्त्रालय अर्न्तगतका कर्मचारीहरूको सरुवा हुने कार्यविधिका कारण प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअको सरुवा भएको हो ।
श्रोत : खबर पेज





प्रतिक्रिया दिनुहोस्