• ९ माघ २०८१, बुधबार

प्रहरीको हात भाच्ने लाई चार हजार जरिवाना तिरे छोडियो

१६ माघ,नुवाकोट। प्रहरीको हात भाँचिदिएको आरोपमा पक्राउ परेका पोखराका अटो मोबाइल व्यवसायी सौरभ थापा ४ हजार जरिवाना तिरेर रिहा भएका छन् ।

चेकिङमा रहेका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेका व्यवसायी थापा ४ हजार जरिवाना तिरेर रिहा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताएका छ्न ।

प्रजिअ केसीको इजलासले थापालाई ४ हजार जरिवाना सुनाएको थियो हो । उनले सोमबारनै जिल्ला प्रशासन कार्यालयलाई जरिवाना बुझाएसँगै छोडिएको हो ।

पश्चिमाञ्चल डिलर्स एसोसिएसनका सदस्य २५ वर्षीय थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडा अध्यक्ष ध्रुव थापाका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी सुवास तिमिल्सिनाले जानकारी दिएका छन

पोखरा रामबजारमा गत बिहीबार बिहान ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको आरोपमा शुक्रबार पक्राउ परेको थिए ।





प्रतिक्रिया दिनुहोस्