• ९ माघ २०८१, बुधबार

त्रिशूली अस्पतालले जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार गरिने

१७ माघ , विदुर । त्रिशूली अस्पतालले जनआन्दोलनमा घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने भएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा यसै साताबाट निःशुल्क सबै किसिम को उपचार सेवा प्रदान गर्न थालिने भएको छ ।

जनआन्दोलनको समयमा घाइते भएका लाई सरकारले उपलब्ध गराएको परिचयका आधारमा अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिएका छ्न ।

साथै पाण्डेले भने ”घाइते भएकाहरूको बल्झिएको व्यथामात्र होइन, उनीहरूको स्वास्थ्यमा देखिएका समस्या अस्पतालबाट उपलब्ध सेवा निःशुल्क प्राप्त गर्न सक्ने उनको भनाई छ” ।

यसअघि पनि त्रिशूली अस्पतालमा ज्येष्ठ नागरिक र आर्थिकरूपमा विपन्न भएकालाई सामाजिक सेवा एकाइको सिफारिसमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्