१९ माघ, नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जिल्लामा सञ्चालित बिद्यालय तथा क्याम्पसका बसको चेकजाँच गर्न थालेको छ ।
नुवाकोट का मुख्य बजार क्षेत्र हुदै गुड्ने बिद्यालय बस आजदेखि बट्टार, त्रिशुली, कोलनी, तारुका, ढिकुरे, छहरे को बस अभियानको रुपमा चेकजाच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ले जानकारी दिएको छ ।
बिद्यालय बस चेकजाँचका क्रममा बिद्यालय बस चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र बिना नै चलाइरहेको , सिट क्षमताभन्दा बढी बिद्यार्थी राख्ने गरेको, तीब्र गतिमा लापरबाही तरिकाले सवारी गुडाउने गरेको, कतिपय बसमा नम्बर प्लेट नै नरहेको पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख बरिष्ठ प्रहरी नायब निरिक्षक मिलनकुमार सिंहले जानकारी दिएका छ्न
सिंहका अनुसार ट्राफिक नियम बिपरित सञ्चालित भैरहेका बिद्यालय तथा क्याम्पसका बस चालकलाई सम्झाई बुझाइ गरिएको र ट्राफिक नियमको पालना गर्न, सवारी साधनको अवस्था बारेमा पूर्व जानकारी दिइएर छोडिएको छ ।
पछिल्ला दिनहरूमा विद्यालयका बसहरु मापदण्ड बिपरित सञ्चालनमा आएकोले पनि जोखिम मोलेर आफ्नो बालबच्चालाई बिद्यालय बसमा चढाउनुपरेको गुनासो अभिभाबकहरुबाट आईरहेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको यस प्रति गम्भीर ध्यानाकर्षण भएर नै आगामी दिनमा ट्राफिक नियम बिपरित असुरक्षित तरिकाले सबारी गुडाईएको पाईएमा कडा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चेतावनी समेत दिएको छ ।