• २२ मंसिर २०८१, शनिबार

” युवाको लागि ट्राफिक प्रहरी मेरो साथी ” नारासहित दिइयो दुर्घटना न्यूनीकरण कार्यक्रम

१९ माघ, विदुर । नुवाकोट मा दिनहुँ बढ्दै गइरहेको सवारी दुर्घटना लाई न्यूनीकरण गर्न उदेश्य ले “युवाको लागि ट्राफिक प्रहरी मेरो साथी” भन्ने नाराको साथ राष्ट्रिय युवा संघ नेपाल नुवाकोटको आयोजनामा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा का कक्षा ११ र १२ का विद्यार्थीहरुलाई जोखिम नियन्त्रण तथा दुर्घटना कम गर्न ट्राफिक नियम सम्बन्धि जानकारी दिन दिइएको थियो । युवाहरुमामाझ ट्राफिक नियम सम्बन्धि कम ज्ञान दिदै आगामी दिनमा सवारी दुर्घटना कम हुने तथा दुर्घटना हुनबाट पुर्वसचेत रहनको लागि एक दिने कार्यक्रम गरिएको उक्त संघका अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिएका छ्न ।

त्यस्तै उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले सहजीकरण गरेका थिए । उनले ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता, सवारीसाधनको सुरक्षा र चेकजाँच लगायतका सडक दुर्घटना पुर्व सुरक्षित रहन अपनाउनुपर्ने उपायको बारेमा प्रस्तुति दिएका थिए ।

साथै उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति ,आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र जिल्ला प्रहरी कार्यालयको सहयोगमा सम्पन्न भएको थियो ।





प्रतिक्रिया दिनुहोस्